टीकापुर– ७ का बाढीपीडितलाई खाद्य सामाग्री बितरण

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला

टीकापुर १७ साउन । सक्रिय युवा क्लब, सत्ती बजारका स्थानिय र उज्यालो बहुउद्देश्यीय सहकारी सस्थाले टीकापुर नगरपालिका वडा न ७ का बाढिपिडितलाई खाद्य सामाग्री बितरण गरेको छ ।
टीकापुर नगरपालिका वडा न ७ को समन्वयमा खाध्य सामाग्री बितरण गरियको सक्रिय युवा क्लबका अध्यक्ष सन्जिब बैद्यले बताउनु भयो ।
२० कट्टा चामल ,दाल, तेल नुन ,मसला लगायतका सामाग्री वडाको समन्वयमा बितरण गरिएको समाजसेबि अल्पेस राउतले बताउनुभयो ।
उज्यालो बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष सेर सिंह रिजालले दैबी प्रकोपको बेला बाढीपीडित लाई राहत होस भनेर सहकारीले सहयोग गरेको बताउनुभयो ।
वडा न ७ का अध्यक्ष रामलाल डगौरा ले राहत सामाग्री घरघरमा नदिएर सामुहिक रूपमा वडाले सन्चालनमा ल्याएको मेसमा दिइएको बताउनुभयो ।
बाढीपीडित वडा नं. ७ का सनत श्रेष्ठले घर हिलाम्य भएको र कतिबेला बाढि आउनेहो भनेर त्रासमा आफुहरु रहेको बताउनुभयो सामुहिक रुपमा बस्दा सुरक्षित हुने बताउनुभयो ।
अध्यक्ष रामलाल डगौराले टीकापुर नपा को १६ वटा सामुहिक भान्सामा ६ सय जना बाढीपीडितले खानाखाइ रहेको बताउनुभयो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *