शेयेर गर्नुहोस
शक्ति परियार
बर्दिया १८,साउन । हुलाकि राजमार्ग अन्र्तगत बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट कर्णाली पुल बर्षातका कारण उच्च जोखिममा परेको कुरा सार्बजनिक भएपछि आजदेखि मर्मत कार्य शुरु भएको छ ।
कर्णाली नदीको पानीको वहावले पुलको पूर्बि क्षेत्र बर्दिया तर्फ निरन्तर दवाव दिँदा ढुङ्गाको (ग्यावीन जाली) भासिन गई पुल उच्च जोखिममा परेको छ ।
३ बर्ष अघिदेखी नै उक्त पुलको पूर्व तर्फको किनारमा ठूलो प्वाल परे पनि टालटुले निमार्ण भएकाले बर्षेनि उच्च जोखिममा पर्ने गरेको छ ।
५ नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पुलको बर्दिया तर्फको अन्तिम पिल्लरसँगै बनाइएको ताराजाली सहित तटबन्ध वर्षेनी भाँसिदै गएको छ ।
कर्णाली नदीले धार परिवर्तन गरी पुलको किनारबाट बग्न सुरु गरेसँगै पुलको किनारमा ठूलो प्वाल परेको यहाँका स्थानियको गुनासो छ ।
स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएको एक वर्षपछि नै तारजाली भाँसिन सुरु भएको थियो । पुल किनारमा परेका प्वालका कारण सवारी आवत जावतमा समेत समस्या परेको छ । प्वाल परेको ठाउँमा तारजाली राखिएको छ ।
रसुवा कन्स्ट्रक्सन प्रालिले ६ वर्षअघि समयवधि भन्दा झण्डैं नौ महिना अगाडि निर्माण सम्पन्न गरेको उक्त पुलको किनारमा ठूला ठूला प्वालहरु परे पनि यसअघि मर्मत गर्दै आएको थियो । २०७५ साल यता निर्माण कम्पनीले मर्मत गर्ने समय सकिएसँगै यस वर्ष पुलमा परेका प्वाल जस्ताका त्यस्तै छन् ।
पूलको पूर्बिभागमा १ स्पान थपगर्ने आस्वासन दिँदै तत्कालीन मंत्री, सांसद एवं बिभागका सचिवले अनुगमन गरेपनी अहिले सम्म कोहि फर्केर नआएको भन्दै यहाँका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।