टीकापुर र जानकीबाट ६ जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

अत्तरिया । प्रहरीले कैलालीबाट ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीबाट जरिवाना ठहर भई फरार रहेका ६ जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वन मुद्दामा ६ हजार ९६२ जरिवाना ठहर भएकी जानकी गाउँपालिका–८ की बिलासी देवी चौधरी, चेक अनादर मुद्दामा २ हजार जरीवाना ठहर भएका टीकापुर नगरपाकिला–१ का ठाकुर प्रसाद सार्की, चेक अनादर मुद्दामै १ हजार ९ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका–७ की लौटन डगौरा रहेको प्रहरीले जनाएको छ ।

यस्तै, वन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भएका टीकापुर नगरपालिका–१ बस्ने तपेन्द्र बिक, चोरी मुद्दामा २ हजार ८ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका–१ का धर्म राज रसाइली र वन मुद्दामा १७ हजार १४० जरिवाना ठहर भएका टीकापुर नगरपालिका–९ का शिब बहादुर थापा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

ताजा खबर

amazed