नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

शेयेर गर्नुहोस

धनगढी । नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो सुरु भएको छ ।

सत्ता गठबन्धनलाई लिएर सो पार्टीभित्र ठूलो विवाद छ। बुधबार मात्र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

अल्पमतमा परेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने की कायमै राख्ने भन्ने विषयमा भने नागरिक उन्मुक्तिबाट सांसद बनेकाहरु नै दुई कित्तामा देखिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराले नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।

बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता थियो । साथै पार्टी संरक्षक रेशमलाल चौधरी पनि बैठकमा सहभागी थिएनन् । टीकापुरमा सम्पन्न संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठक विवादित बनेको विषय पनि बाहिर आएको छ ।

पार्टीका संरक्षक रेशमलाल चौधरीका साथै बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थिति विना भएको भन्दै अर्को थरीले विरोध नै जनाएका थिए । पार्टी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै तहमा नयाँ राजनीतिक गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । साथै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ । तर सोही पार्टीका अर्कोथरी संस्थापक तथा नेताहरूले सो निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताइरहेका छन् । उनीहरुले बैठकमा कोरम नपुगेको दाबी गरेका छन् ।

बैठकमा सहभागी रहेका सुदूरपश्चिम सरकारका विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीले बैठकमा फरक मत व्यक्त गरेको विषय पनि बाहिर आएको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले त प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएका छन् । चौधरीले आफूहरुको समर्थन कायमै रहने तर्क गर्दै आएका हुन् । पार्टीका संरक्षक रेशमलालसहित बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरुको उपस्थितिविना निर्णय भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *