दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको  मृत्यु भएको  छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो । गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा लडेर गंगारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सोहि वडामै वडासचिवको रुपमा काम गर्दै आएका थिए । घटना बिहीवारको भएपनि प्रहरीले भने शुक्रवार जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनी हिजो बेलुकीतिर लडेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटनाको बारेमा थप  अनुसन्धान भैरहेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed