सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन

शेयेर गर्नुहोस

टीकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् । पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।

संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउदै, नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् । फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी हुन् । ‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कमिटिको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु’ अध्यक्ष रञ्जीताले शुक्रबार पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा सरकार बाहिर नआए पार्टी विधान बमोजिम कारवाहीको चेतावनी पनि दिईएको छ । ‘सरकार बाहिर नआए पार्टीको विधान आकर्षित गरिनेछ’ पत्रमा भनिएको छ ।

तर संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् । पार्टी संरक्षक रेशमलाल चौधरी देश बाहिर रहेको बेला बसेको बैठकको निर्णय नमान्ने उनको अडान छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed