नागरिक उन्मुक्ति अध्यक्ष श्रेष्ठद्धारा दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्काशित

शेयेर गर्नुहोस

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले दुई प्रदेश अध्यक्षलाई कारबाही गरेकाी छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र बाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन् ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी पत्रमा उल्लेख छ ।

अध्यक्ष श्रेष्ठ चौधरी र संरक्षक चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा रहने भन्नेमा विवाद छ । रञ्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् ।

सोही विषयमा छलफल भइरहेका बेला सोमबार काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो । रेशम पक्षीय राजन गुरुङ र दीपबहादुर योञ्जन तामाङ र पार्टीका संस्थापक केन्द्रिय सदस्य रामलाल डगौरा थारु र रमेश विकबीच बैठकमै कुटपिट भएको थियो । त्यसलगत्तै रञ्जिताले दुई प्रदेश अध्यक्षलाई कारबाही गरेकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीभित्र केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सहभागिताका विषयमा पनि विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशमलाल चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् । यसैका कारण विवाद चर्किदै गएको देखिन्छ । सोही कारण रेशम र रञ्जिताको सम्बन्धमा पनि दरार आएको छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ । रञ्जिता केन्द्रीय गठबन्धनको पक्षमा छिन् भने रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यको पक्षमा छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *