कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

शेयेर गर्नुहोस

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह नजिकबाट, धनगढी–९ त्रिवेणीघाट, टीकापुर नगरपालिका–७ स्थित खैरिपुर बजार नजिक सडक खण्डबाट र भजनी नगरपालिका–३ ठेकीपुलबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएका हुन् ।

अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका प्याज, चिनी, मिठाई, मसला, इलायची, प्लास्टीक कुर्सी, किसमिस गरि ३४ हजार ६ सय ३५ मुल्यका सामान सोमवार प्रहरी गस्ती टोलीले बरामद गरि नियन्त्रणमा लिएको हो । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट, भीमदत्त–१७ मझगाउ र दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरबाट ६२ हजार ७५० मुल्यका भन्सार छलीका सामान बरामद गरिएको छ ।

अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याइएका चिनी, सिलिङ पंखा, रातो रङ, तरकारी, कागती, खुर्सानी लगायतका ति सामान सोमवार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो । भन्सार छली गरि ल्याइएका उक्त अबैध सामान प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed