बैतडीमा एक महिला बेपत्ता

शेयेर गर्नुहोस

बैतडी । बैतडीकी एक महिला बेपत्ता भएकी छन् । जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी भट्ट बेपत्ता भएकी हुन् ।

सोमबार बिहान घरबाट स्याउला काट्न गएकी माधवी बेपत्ता भएकी उनका आफन्त जयराज भट्टले जानकारी दिए । घरबाट स्याउला काट्न जान्छु भनेर हिँडेकी माधवीको मोबाइल, हसिया र डोरी घरबाट ३ सय मिटर पर फेला परेको भएपनि उनी कहाँ गइन् भन्ने कुरा खुलेको छैन् ।

सोमबारदेखि नै माधवीको खोजी कार्य जारी रहेको र अहिले सम्म फेला नपरेकी भट्टले बताए । उनको माइती दार्चुलाको काँडापारीमा पनि खबर गरिएको तर उनी त्यहाँ पनि नगएको पाइएको छ । घरबाट जाने बेला उनले रातो सुरुवाल र खैरो रंगको स्वीटर लगाएकी थिइन् । बेपत्ता माधवीलाई कसैले फेला पारेमा ९८४८४६१६१९ र ९८४८९८५४९४ नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ ।माधवी हराएको बिषयमा प्रहरीलाई समेत जानकारी गराइसकिएको भट्टले जानकारी दिए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed