जानकी गाउँपालिकाले मनायो ६७ औं सहकारी दिवस

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले ६७ औं सहकारी दिवस मनाएको छ । ‘सहकारी सुशासनः प्रविधि र एकीकरण’ भन्ने नाराका साथ गाउँपालिकाको प्रशासकीय भवन देखि सरस्वती मा.वि. दुर्गौलीको प्राङ्गण सम्म प्रभातफेरीसंगै शुभकामना आदानप्रदान कार्यक्रम गर्दै सहकारी दिवस मनाइएको हो ।

गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक सुरेश चौधरीको सभाध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिकाका उपप्रमुख लालमती देवी कठरिया प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी रहेका थिए । कार्यक्रमको आयोजना गाउँपालिकाको सहकारी शाखाले गरेको थियो ।

कार्यक्रममा कठरिया, प्रमुख प्रशासकीय अधिकृत चौधरी, वडा नं. १ का वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँपालिका अन्तर्गतका सहकारी संस्थाका प्रतिनिधिहरुले मन्तव्य राख्दै सहकारी संस्थाहरुको समग्र विकासमा दुवै पक्षको समन्वय तथा साझेदारीमा आवश्यक पहल कदमी गर्दै अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *