कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरमा लागूऔषध (चरेस) सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित होटल शिव शक्तिबाट उनीहरू समातिएका हुन् ।

वरिष्ठ सई केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बझाङ जिल्लाको केदारस्यु गाउँपालिका–६ बस्ने वर्ष ३४ को गोविन्द धामी र रुकुम सानीभेरी गाउँपालिका–३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १ किलो ५४ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्रोतका अनुसार रुकुमबाट आयात भएर उक्त चरेस भारत जाने गर्दथ्यो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *