शेयेर गर्नुहोस
मानबहादुर ठकुल्ला / भजनी २० साउन, कैलालीको बाढी प्रभावित क्षेत्र भजनीमा पशुचौपाया मर्न थालेका छन ।स्थानियका अनुसार भजनीको बाढी प्रभावित क्षेत्रका पशुचौपायामा संक्रमण फैलिएको जानकारी दिएका छन ।
भजनी नगरपालिका वडा न ८ खल्लाटोल कि लक्ष्मी बिकको ब्याउने भैंसी मरेको छ । सोमबार बिरामी परेको भैंसी मंगलबार बिहान मरेको हो ।
बाढीले अन्नपात सहित सबै गुमाएकी लक्ष्मीले भैंसी समेत गुमाएकोमा दुखित छन । दूध बेचेर भएपनि घरपरिवारको खर्च चलाउने आशा रहेको बिकले भैंसी गुमाउनु पर्दा निकै पीडा थपिएको बताउनु भयो ।
त्यस्तै भजनी नगरपालिका वडा नं ८ कांढाढिकका कटक शाहको पनि खेत जोत्ने रांगो मरेको छ । शाहका अनुसार एक्कासि बिरामि परेर मरेको बताउनु भयो । जोत्ने रागो मरेपछि के गर्ने र हिउदे खेती कसरी गर्ने भन्ने चिन्तामा रहेको बताउनु भ
यो ।
आज आफ्ना २ वटा ब्राखा मरेको समेत ठग्गा चौधरीले बताउनु भयो ।स्थानिय खेमराज पाण्डेयका अनुसार पशुचौपायामा पखला,ज्वरो, र्याल चुहाउन ,खाना नखाने जस्ता लक्षण देखिएको जानकारी दिनु भएको छ ।
सामाजिक अभियान्ता जयराज ढुङ्गानाले स्थानियका पशुचौपाय मर्न थालेको बताउनु भयो । आफुले सामाजिक संजाल फेसबुकमा एक जनाको भैसी मरेको पोष्ट गरे पश्चात् आफ्ना पशुचौपाया पनि मरेको भन्दै धेरै ब्यक्तिले फोन गर्न थालेको बताउनु भयो ।
उहाँका अनुसार धेरै किसानले पशुचौपाय गुमाई रहेको बताउनु भयो ।ढुङ्गानाका अनुसार तत्काल उपचार नपाएको खण्डमा धेरै पशुचौपायामा संक्रमण फैलिन गई धेरैले चौपाया गुमाउनु पर्ने अवस्था आउने जानकारी दिनु भएको छ । बाढी प्रभावित क्षेत्रका किसानले पशु चिकित्सक खटाई दिन माग गरेका छन ।