शेयेर गर्नुहोस
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रवार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए ।
मृत्यु हुनेमा ट्याक्टर चालक राजेश चौधरी र पाटन नगरपालिका–१० पनालीका मन्धिर विष्ट रहेका छन् । ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता केसीले बताए ।