कञ्चनपुरमा १३ वर्षीया बालिकामाथी करणी, एक जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-१० शिवनगर बस्ने २१ वर्षीय विक्रम चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

विक्रमले ती बालिकालाई सोही ठाउँस्थित गन्ना खेततर्फ लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *