बैतडीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

बैतडी । बैतडीबाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको नेपाल–भारत सीमा जोड्ने झुलाघाटबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको हो । भारतबाट नेपाल आउने क्रममा शनिबार साँझ खैरो हेरोइनसहित बिरेन्द्र रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार इलाका प्रहरी कार्यालय झुलाघाट र सशस्त्र प्रहरीको झुलाघाट बीओपीबाट खटिएको संयुक्त टोलीले रावललाई भारतबाट फर्कने क्रममा खैरो हेरोइन फेला परेको हो ।

कागजको पुडियामा मुखभित्र राखेको अवस्थामा दुई सय मिलिग्राम लागूऔषधसहित रावललाई नियन्त्रणमा लिइएको बैतडी प्रहरीका सूचना अधिकारी खेमविक्रम केसीले बताए । आज (आइतबार) अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान गरिनेछ ।

ताजा खबर

amazed