शेयेर गर्नुहोस
धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ दमौरास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१ ००८ प २७४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ११ वर्षीय मनोज भुललाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ ।
मङ्गलवार राति साढे ११ बजेको समयमा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















