शेयेर गर्नुहोस
छबिलाल जैसी /
टीकापुर, २२ साउन –
कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तालिम संचालन गरेको छ । सहकारीका सम्पूर्ण शेयर सदस्यहरुका लागि संचालन गरिन लागेको तालिमको बुधबार उद्दघाटन भएको छ । सहकारीका अध्यक्ष बद्रि प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो भने पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि बुढाथोकीले टीकापुर क्षेत्रमा सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि सहकारी शिक्षा तालिम संचालन गरेको पहिलो भएको बताउनुभयो । टीकापुर क्षेत्रमा जनकल्याण सहकारी उदाहरणिय सहकारी भएको भन्दै उहाँले सामाजिक क्षेत्रमा संस्थाले गरिरहेको कामको प्रशंसा गर्नुभयो । त्यसैगरी विशिष्ट अतिथि भण्डारीले सहकारी क्षेत्रमा संघर्ष गरेर जनकल्याण सहकारी अगाडि बढिरहेकोले त्यसलाई थप मेहनतका साथ अगाडि बढाउन सुझाव दिनुभयो । सहकारीका उपाध्यक्ष नृपराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन व्यवस्थापक छबिलाल जैशीले गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, सहकारीका शिक्षा तथा तालिम उपसमिती संयोजक धनञ्जय ढुंगानाले लगायतले मन्तव्य राख्नुभएको थियो । तालिममा व्यवस्थापक छबिलाल जैशीले तालिममा सहजिकरण गर्नुभएको थियो । कोरोना भाइरसको त्रास कायमै रहेको अवस्थामा ठूलो भेला गर्न नमिल्ने भएका कारण प्रतिदिन १५ देखि २० जनासम्म शेयरसदस्यहरुलाई सहभागिता गराएर तालिमलाई निरन्तर रुपमा अगाडि बढाइने व्यवस्थाक जैशीले जानकारी दिनुभयो ।