भजनीको बाढीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला
भजनी / २३ साउन, कैलालीको भजनी नगरपालिका वडा न.ं ८ मा गत साता आएको बाढीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
रिड नेपालको सहयोगमा जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनीले सहयोग गरेको हो ।
भजनी नगरपालिका वार्ड नं. ८ काँढा निवासी बाढीमा ज्यान गुमाएका ईश्वर शाहका बुवा कटक शाही, चक्र बिककी आमा गोमा बिक र सोही वाडा जनकपुर निवासी एजिकल चौधरीका बाजे ठग्गु चौधरी लाई जनही पाँच हजारका दरले रकम वितरण गरेको हो ।
उक्त रकम भजनी नगरपालिका वार्ड नं. ८ वार्ड सदस्य कृष्णलाल धमाला र जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनी कैलालीका अध्यक्ष नवराज मिश्रले संयुक्त रुपमा पीडित परिवारलाई नगद हस्तान्तरण गर्नु भएको हो ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed