भजनीको बाढीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला
भजनी / २३ साउन, कैलालीको भजनी नगरपालिका वडा न.ं ८ मा गत साता आएको बाढीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
रिड नेपालको सहयोगमा जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनीले सहयोग गरेको हो ।
भजनी नगरपालिका वार्ड नं. ८ काँढा निवासी बाढीमा ज्यान गुमाएका ईश्वर शाहका बुवा कटक शाही, चक्र बिककी आमा गोमा बिक र सोही वाडा जनकपुर निवासी एजिकल चौधरीका बाजे ठग्गु चौधरी लाई जनही पाँच हजारका दरले रकम वितरण गरेको हो ।
उक्त रकम भजनी नगरपालिका वार्ड नं. ८ वार्ड सदस्य कृष्णलाल धमाला र जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनी कैलालीका अध्यक्ष नवराज मिश्रले संयुक्त रुपमा पीडित परिवारलाई नगद हस्तान्तरण गर्नु भएको हो ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed