टीकापुरक्षेत्रका किसानलाई रसायनिक मलको समस्या बारे छलफल

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय /
टीकापुर, २१ साउन – कैलालीको दक्षिणपुर्वी क्षेत्रका किसानहरु रासायनिक मल नपाएर चिन्तित छन् । धान रोपेर अब मलको प्रयोग गर्नुपर्ने समयमा नेपालमा मल अभाव हुँदा र सिमानाका नजिकै रहेको भारतीय भुमिबाट मल ल्याउन सम्बन्धित पक्षले समन्वय नगर्दिदा चिन्तित हुनु परेको किसानहरुले गुनासो छ ।
बुधबार टीकापुर नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय मा टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावल, वडा नम्बर ६, ७, ८ र ९ का वडाध्यक्ष क्रमशः बलि राम चौधरी, रामलाल डगौरा थारु, दिर्घ ठकुल्ला, लौटन चौधरी, सशस्त्र प्रहरी सिमा सुरक्षा बल खक्रौलाका प्रमुख इन्स्पेक्टर चन्द्र देव भट्ट, प्रहरी चौकी कालाकुण्डा का प्रमुख असई भिम वि.क लगायत सञ्चारकर्मी, युवाहरुको उपस्तिथि मा भएको अनौपचारिक छलफल मा किसानहरुले सो समस्या राखेका हुन ।
छलफल कार्यक्रममा किसान हरुले समयमा मल नपाइए लगाइएको वाली खेर जाने र आफू वर्षभरी भोकै बस्नुपर्ने अवस्था आउने दुखेसो पोख्दै भारत बाट भित्र्याइएको मल लुकिछिपी ल्याउन खोज्दा प्रहरीले दुख दिने गरेको समेत दाबी गरे ।
वडा नम्बर ८ का एक स्थानीय किसानले रातिको समयमा मल लुकेर ल्याउन
खोज्दा आफ्नै तर्फका प्रहरीले समेत किसानको मर्का नबुझी दुख दिने गरेको र नेपालमा बसोबास गर्दै कृषिकर्म गर्ने भारतीय नागरिकले मल नेपालमा पुर्याइसकेको भएता पनि एसएसबीले पारी बोलाएर घाइते हुनेगरी कुट्दासमेत यताका प्रहरी रमिते बनेको बताए ।
उनले विगतका दिनमा यस्तो भएतापनि अब किसानले कसरी मल सहज रुपमा ल्याउन सकिने हो त्यसतर्फ जनप्रतिनिधि,सुरक्षा कर्मीले सहजीकरण गर्नुपर्ने माग राखे ।
किसानहरुले रातिको समयमा जिल्ला र क्षेत्रका घुमुवा प्रहरीले मल ल्याएको आधारमा कमिसन को कुरासमेत गरेको दाबी गरे । कानुनी प्रक्रिया भन्दा पनि यतिबेला व्यावहारिकताका आधारमा भए पनि किसानले मल ल्याउन पाउनुपर्ने उनीहरुको भनाई छ ।
छलफलमा सशस्त्र प्रहरी सिमा सुरक्षा बलका अधिकारी इन्स्पेक्टर चन्द्र देव भट्टले आफुहरुले किसान लाई कुनै नराम्रो व्यवहार नगरे को बताउदै मल लिन जादा भिडभाड धेरै हुने गरेकोले त्यस्तो नगर्न आग्रज गरे । उनले आफु लाई सबै अधिकार नहुने र आफु भन्दा माथिल्लो पदको अधिकारी ले आफ्नो हरेक गतिविधिको निगरानी गरिरहेको हुनाले आफ्नो अधिकारबाहिर गएर काम गर्न नसक्ने बताए ।
इन्स्पेक्टर भट्टले राती १० बजेपछि बाहिर ननिस्कन सरकारको निर्देशन बमोजिम १० बजेभित्रै किसानले मल ल्याइसक्नु पर्ने र आफुले एसएसबीसँग केही पहल गर्ने बताउदै जनप्रतिनिधिले आफु भन्दा माथिल्लो तहको अधिकारी सँग पनि छलफल गरेर अगाडी बढ्दा समस्या समाधान हुने बताए ।
त्यस्तै प्रहरी चौकी कालाकुण्डा का प्रमुख असई भिम वि.कले किसान आफैले मल ल्याउने कि कोहि व्यापारीले ल्याएर किसान लाई बिक्री गर्ने भन्ने कुरामा अगाडी छलफल गरेर मान्छेलाई कसरी पठाउने ?, जिम्मा कसले लिने भन्ने कुराको सहजीकरण गर्नुपर्ने बताउदै व्यावहारिक रुपमा आफुले गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उनले किसानहरु धेरैको संख्या मा गएर ३÷३ बोरा मल ल्याउदा समस्या झन बल्झिने भन्दै धेरै मान्छे जम्मा भएर संगै नजान समेत आग्रह गरे ।
टीकापुर नगरपालिकाका प्रवक्ता समेत रहेका दिर्घ ठकुल्ला ले किसानलाई मल कसरी उपलब्ध गराउन सकिने भन्ने कुरामा आफू गम्भीर भएको बताउदै व्यापारीमार्फत मल ल्याएर हुन्छ वा किसानलाई आफै जान दिएर मल ल्याउन सकिने व्यवस्था मिलाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
उनले व्यापारीले मल ल्याउदा कुन रेटमा किसानलाई मल उपलब्ध गराउन सकिने हो त्यसमा छलफल हुनुपर्ने बताए । यसमा किसानले यदि व्यापारीले मल ल्याए तीन हजार भित्र रहेर आफुलाई मल उपलब्ध गराउनु पर्ने बताएका थिए ।
अहिले किसानले प्रति कट्टा युरिया १७ सय सम्ममा मल किनेर ल्याइरहेको गुनासो गर्दै यो मूल्य निकै अधिक भएकाले मार्जिन राखेर व्यापारीले किसानलाई उपलब्ध गराउन सकिने दर तोके आफुहरु सहमत रहेको बताए ।
छलफलमा व्यापारीले भारतीय व्यापारीबाट मल खरिद गरेर यताका किसानलाई प्रति क्विन्टल युरिया तीन हजारसम्ममा उपलब्ध गराउन सक्ने निष्कर्ष निस्केको हो ।
छलफलमा नगरप्रमुख तपेन्द्र रावलले कानुनी प्रक्रिया भन्दा पनि व्यावहारिक रुपमा किसानको समस्यालाई मध्यनजर गर्दै सहज बाताबरण मिलाउनुपर्ने बताए । यस कुरालाई नकारात्मक तवरले नलिन आग्रह गर्दै एक हप्ताभित्र के के गर्न सकिन्छ त्यो गर्न र गम्भीर हुन सुझाए । एकअर्कालाई आरोप प्रत्यारोप भन्दापनि किसानको समस्या समाधानमा केन्द्रित भएर काम गर्नुपर्ने भएकाले आफुले अन्य सम्बन्धित निकायसँग छलफल गर्ने बताए ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed