इलाका प्रशासन कार्यालय टीकापुरलाई सेवा प्रवाहमा समस्याः प्रशासन प्रमुख बिष्ट

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय
टीकापुर, २३ साउन÷इलाका प्रशासन कार्यालय टीकापुरको आफ्नो छुट्टै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ ।
एकैदिन सयौं नागरिकको भिडभाड हुने कार्यालय भाडाको भरमा सञ्चालन हुँदा सेवा प्रवाह गर्न कठिन भइरहेको हो ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख शंकर बहादुर बिष्टले हामी आफै भाडाको घरबाट सेवा दिइरहेका छौं, जसले गर्दा जनताले चाहेजस्तो छिटो–छरितो सेवा प्रवाहमा कठिनाइ व्यहोर्नु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो,–‘सानो क्षेत्रफलमा भएको भवनबाट सेवा दिइरहदा मानिसहरुको भिडलाई समेत व्यवस्थापन गर्न गार्हो भएको छ भने अहिलेको महा–मारीको समयमा सरकारले निर्देशित गरेका स्वास्थ्य सुरक्षाका उपायहरु नागरिकलाई अवलम्बन गर्नसमेत गार्हो भएको छ ।’
कार्यालयकै अगाडी साघँुरो सडक भएकाले सेवाग्राहीको भिड अत्याधिक भएको समयमा सडक नै पुरै भरिने गरेपछि कहिलेकाहीँ दुर्घटना हुनसक्ने खतरासमेत देखिन थालेको छ ।
पछिल्लो समय सेवाग्राहीहरु बढ्दै गएपछि भवनमा सेवाग्राही लाई बस्ने ठाउँसमेत नहुदा सडक छेउमै बस्नुपर्ने बाध्यता छ । यससँगै अहिले कोरोनाको महा–मारीको बेला न्युनतम सुरक्षाको उपाय सामाजिक दुरि कायम गरिनुपर्ने सरकारको निर्देशन भएपनि सो कुराको पालना गर्न समेत गार्हो भएको कार्यालय प्रमुख बिष्टको भनाइ छ ।
अहिले कार्यालयले नागरिकता जारी गर्ने, राहदानी सिफारिस गर्ने र वितरण गर्ने, नाबालक परिचयपत्र वितरण गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने, आफ्नो कार्यक्षेत्र भित्रका सरकारी कार्यालयको अनुगमन गर्ने, सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्ने लगायत का कामहरु गरिरहेको छ ।
कार्यालयमा सबैभन्दा धेरै नागरिकता, नाबालक परिचयपत्र बनाउने र राहदानीको सिफारिस लिनेको धेरै भिडभाड हुने गर्दछ ।
प्रमुख बिष्टले यसैलाई मध्य–नजर गर्दै अब ईलाका प्रशासन कार्यालय टीकापुरले मालपोत कार्यालय नजिकै रहेको आफ्नो जग्गामा छुट्टै भवन निर्माणको प्रक्रिया यो वर्ष भित्रै सुरु गर्ने बताउनुभयो ।
‘मालपोत कार्यालय नजिकै रहेको आफ्नै जग्गामा भवन निर्माणका लागि सबै प्रक्रिया यो वर्ष नै सुरु हुन्छ,’ उहाँले थप्नुभयो ‘आफ्नो कार्यकालमै यो कामको सुरुवात गर्ने तयारीमा लागिरहेको छु र यो आर्थिक वर्षमा भवन निर्माणका लागि सरकारले १ करोड बजेट समेत छुट्याएको छ ।’
आफ्नो छुट्टै भवन भएपछि नागरिकलाई सेवा दिन धेरै सहज हुने र सेवाग्राहीलाई सेवा लिन पनि सहज हुने बिष्टले बताउनु भयो । यसका साथै कर्मचारीलाई काम गर्नका लागि पनि सहज हुने र प्रयाप्त ठाउँ भएपछि भिडभाडलाई समेत व्यवस्थापन गर्न सकिने उहाँको विश्वास छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *