आगलागीबाट दुई घर जलेर नष्ट

शेयेर गर्नुहोस

बाजुरा । बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । जिल्लाको बडिमालिका नगरपालिका–१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे लुहारको २ वटा घरमा आईतवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा घर र घर भित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट भएको क्षेतीको बिबरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

ताजा खबर

amazed