शेयेर गर्नुहोस
धनगढी । डडेल्धुरामा कार दुर्घटना भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार आज (मंगलबार) अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
अमरगढी–७ कै केशव भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा रोशन भट्टराई घाइते भएका छन् । उनलाइ डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।















