कैलालीमा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

शेयेर गर्नुहोस

धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । महेन्दनगरतर्फ गइरहेको म १ क ३९८ नम्बरको टेलरले विपरीत दिशातर्फ आउँदै गरेको सु प प्र ०१ ग ०१२ प २५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा गौरीगंगा नगरपालिका–३ का ३३ वर्षीय मोटरसाइकल चालक दशरथ चौधरी, पछाडि सवार शुक्लाफाँटा नगरपालिका–१ बस्ने फूलमती चौधरी र तीन वर्षीय लोकेश चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । उनीहरु तीनै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।

उनका अनुसार दुर्घटनापछि टेलर चालक फरार रहेकोमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ ।

ताजा खबर

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टीकापुरमा बाघको आतंक बढ्दो, सत्तीमा खायो एक बाख्रा

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *