कैलालीमा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

शेयेर गर्नुहोस

धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । महेन्दनगरतर्फ गइरहेको म १ क ३९८ नम्बरको टेलरले विपरीत दिशातर्फ आउँदै गरेको सु प प्र ०१ ग ०१२ प २५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा गौरीगंगा नगरपालिका–३ का ३३ वर्षीय मोटरसाइकल चालक दशरथ चौधरी, पछाडि सवार शुक्लाफाँटा नगरपालिका–१ बस्ने फूलमती चौधरी र तीन वर्षीय लोकेश चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । उनीहरु तीनै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।

उनका अनुसार दुर्घटनापछि टेलर चालक फरार रहेकोमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *