अपरेसनपछि माया मेट्रोमा मृत्यु भएकी धामीको शव बुझे आफन्तले

शेयेर गर्नुहोस

धनगढी । धनगढीको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी बाटुली धामीको शव आफन्तले बुझेका छन् । बझाङकी ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मंगलबार बिहान ५ बजेको समयमा मृत्यु भएको थियो ।

अस्पताल स्रोतका अनुसार भर्खर आफन्तले धामीको शव बुझेका हुन् । उपचारमा चिकित्सकको लापरबाही नभएको र अपरेसनपछि रगत अत्यधिक बग्दै गएकाले उनको मृत्यु भएको अस्पतालको दाबी छ ।

यस्तै सोही प्रकरणले अस्पतालमा आज तनाव भएकोमा आफन्त र अस्पतालबीच सहमति भएपछि शव बुझिएको छ । अस्पतालले मृतकको उपचार खर्चसमेत मिनाहा गर्ने र मृतकका सन्तानलाई निशुल्क उपचार गरिदिने सहमति गरेको बताइएको छ।

उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए । अस्पतालमा तनाव भएपछि प्रहरी परिचालन समेत गरिएको थियो । अहिले शवलाई पोस्टमार्टमका लागि सेती अस्पतालमा पठाइएको छ।

ताजा खबर

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टीकापुरमा बाघको आतंक बढ्दो, सत्तीमा खायो एक बाख्रा

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *