टीकापुरमा एकैदिन १२ जना कोरोना संक्रमित

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय
टीकापुर, २३ साउन÷ टीकापुर नगरपालिकामा एकैदिन १२ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
होम क्वारेन्टाइनमा बसेका यी सबै बाहिरबाट आएका टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले बताए । उनका अनुसार कोहि भारतको सुरत, मुम्बईबाट आएका हुन त कोहि साउदी अरबबाट आएका हुन ।
पछिल्लो २४ घण्टामा कैलाली मा पुष्टि भएका १६ जना संक्रमित मध्ये सबैभन्दा धेरै टीकापुरकै छन् ।
वडा नम्बर १ र २ का ४÷४ जना, वडा नम्बर ५ र ६ का १÷१ जना र वडा नम्बर ९ का २ जना रहेका छन् । उनीहरुमध्ये १९ देखि ७५ वर्षसम्मका पाँचजना महिला र १८ देखि ३५ वर्षसम्मका सातजना पुरुष रहेको रावलले जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख रावलले टीकापुरमा बाहिरबाट दैनिक १० देखि १५ जनाको हाराहारीमा आउने क्रम जारी रहेको र तीमध्ये २० प्रतिशतमा कोरोना पुष्टि हुने गरेको छ ।
उनले टीकापुर नगरपालिकामा अझै कोरोना संक्रमणको जोखिम बढ्न सक्नेसमेत बताएका छन् ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed