टीकापुरमा कोरोना खर्च २ करोड ७८ लाख ६६ हजार

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय
टीकापुर / २४ साउन, टीकापुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि गरिएका विभिन्न काममा २ करोड ७८ लाख ६६ हजार ४ रुपैयाँ १८ पैसा खर्च गरेको छ ।
नगरपालिकाले पत्रकार सम्मेलन गरेर सो कुरा सार्वजनिक गरेको हो । नगर प्रमुख तपेन्द्र रावलले पत्रकार सम्मेलन मा नगरपालिकाको खर्चको विवरण सार्वजनिक गर्दै कोरोनाको रोकथाम को लागि नगरपालिकाले गरेका अभ्यासहरु पारदर्शी रहेको बताउदै सम्भवतः यो खर्च अन्य स्थानीय तहभन्दा कम हुनसक्ने बताए ।
टीकापुर नगरपालिकाले सार्वजनिक गरेको खर्चको विवरण अनुसार सबैभन्दा धेरै खर्च कोरोना भाइरस को संक्रमण रोकथाम, उपचार तथा क्वारेन्टाइन व्यवस्थापन कार्यक्रममा भएको छ ।
जसमा नगरपालिकाले १ करोड ३ लाख ४ हजार ८३८ रुपैयाँ खर्च गरेको हो भने दोश्रो सबैभन्दा धेरै खर्च कोरोना भाइरस को संक्रमण बढेसंगै देशव्यापी लकडाउनका कारण प्रभावितहरु लाई वितरण गरिएको राहत कार्यक्रममा ७९ लाख ३५ हजार ५१० रुपैयाँ २ पैसा खर्च भएको हो ।
त्यस्तै क्रमशः कोरोना भाइरस को संक्रमण रोकथाम, क्वारेन्टाइन व्यवस्थापन लागयतका कार्यमा संलग्नहरुलाई जोखिम भत्ताका लागि ३२ लाख ७८ हजार ५३३ रुपैयाँ १६ पैसा, कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि चेकजाँच गर्न भिटिएम, आरडिटी र पिपिइ खरिद गर्न १२ लाख ३८ हजार ८७५ रुपैयाँ खर्च भएको हो ।
त्यस्तै क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गरिएका विद्यालय एवं स्थानहरुमा पंखा, बिजुली धारा, शौचालय व्यवस्थापनका लागि सामाग्री खरिद लगायतका कार्यमा १५ लाअह १२ हजार ८७४ रुपैयाँ, कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आइसोलेसन व्यवस्थापनमा प्रदेशको सशर्त अनुदानमार्फत १० लाख ४० हजार, कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धि विभिन्न काममा परिचालित भएका सवारी साधन को इन्धन खर्चमा ९ लाख ५१ हजार ६४८ रुपैयाँ, ती सवारी साधनको मर्मतसम्भारमा ५ लाख २ हजार ३९९ रुपैयाँ, कोरोना संक्रमण रोकथामको लागि समुदायमा स्वयंसेवक परिचालन कार्यक्रममा ७ लाख १६ हजार २८५ रुपैयाँ, विविध खर्चमा १ लाख ६७ हजार, १२२ रुपैयाँ, कोरोना रोकथाम तथा लकडाउन को प्रभावकारी कार्यान्वयनका लागि जनचेतनामूलक सन्देश, सुचना प्रवाह र माइकिङमा ७८ हजार ९००, विभिन्न ठाउँबाट आएर अलपत्र परेका र रोकिएका आफ्ना नागरिकलाई ओसारपसारका लागि प्रयोग भएका सवारी साधनको भाडामा ६६ हजार र कोरोना संक्रमण रोकथाम, क्वारेन्टाइन व्यवस्थापन लगायत का कार्यमा संलग्न कर्मचारीको बीमाका लागि ६३ हजार २० रुपैयाँ खर्च भएको हो ।
सम्मेलनका क्रममा सञ्चारकर्मीका लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिकाले राहत स्वरुप वितरण गरेको खाद्यान्नको मुल्यमा धेरै तलमाथि परेको लगायत विभिन्न जिज्ञासाहरुको जवाफ दिदै नगर प्रमुख रावलले अन्य लम्की चुहा नगरपालिकाले ५० केजीको पुरै चामलको बोरा लिएको र टीकापुर नगरपालिकाले राहत वितरण मापदण्ड अनुसार १५ किलो चामल दिनुपर्नेलाई १५ किलो चामल नै प्याकिङ गर्न लगाएको, २०, २५ किलो दिनुपर्नेलाई त्यतिकै चामल प्याकिङ गर्न लगाएको छोटो जवाफमा टारे । सञ्चारकर्मीको जिज्ञासा मात्र नभई यसमा सर्वसाधारणले समेत प्रश्न तेर्साउने गरेका छन् ।
त्यस्तै नगर उपप्रमुख केशरी बिष्टले खर्च विवरण अलि बुझ्न गार्हो भएको भन्दौ यसलाई अझै फराकिलो ढंगले प्रस्तुत गरेर अझै पारदर्शी
बनाएको भए बुझ्न सजिलो हुने बताइन, जसको जवाफमा प्रमुख रावलले कहिँ कतै कुनै समस्या भए वा द्विविधा भए नगरपालिका सँग सबै कुराको तंथ्याक रहेको र त्यसबाट बुझ्न सकिने बताए ।
उनले नगरपालिकालाई धेरै संघसंस्था, व्यक्तिहरुले सहयोग गरेका कारण खर्च अझ कम भएकोसमेत दाबी गरे ।
नगरपालिकालाई विभिन्न संघसंस्था र
व्यक्तिहरुबाट गरेर १२ लाख ५३ हजार ९८२ रुपैयाँ ४० पैसा सहयोग प्राप्त भएको थियो । संघीय सरकारबाट १४ लाख २० हजार १००, प्रदेश सरकारबाट ५३ लाख ४० हजार र टीकापुर नगरपालिकाबाट जम्मा २ करोड ३४ लाख २ हजार, ६६२ रुपैयाँ गरि जम्मा ३ करोड २५ लाख ४४ हजार ५२२ रुपैयाँ नगरपालिकाको आव २०७६÷०७७ विपद व्यवस्थापन कोषमा जम्मा भएको थियो । त्यस्तै नगरपालिका ले ७ हजार २१६ घरधुरीका ३१ हजार ३७० परिवारलाई राहत वितरण गरेको थियो । जसमा १ लाख ५८ हजार ८० केजी चामल, १५ हजार १४० केजी दाल, ७ हजार ६० केजी नुन, १३ हजार १९९ केजी तेल, ५ केजी सोयाबिन, १४ हजार ९६ पिस साबुन वितरण गरेको थियो ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *