कोरोना भाइरसबाट मोरङमा ५० वर्षीय पुरुषको मृत्यु

शेयेर गर्नुहोस

मोरङ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ मा ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि धरान स्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका पुरुषको उपचारकै क्रममा मंगलवार राती मृत्यु भएको बताइएको छ ।

ती पुरुष उच्च रक्त्तचापका बिरामी रहेको परिवार स्रोतले जनाएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ पाइएको थियो । 

पहिले विराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि भर्ना भएका उनी गम्भीर भएपछि थप उपचारका लागि धरान स्थित बिपी प्रतिष्ठानमा मंगलवार रिफर गरिएको हो । संक्रमितको मृत्यु भएपछि वडालाइ सिल गर्ने तयारी भइरहेको बुढीगंगा गाउँपालिकाले जनाएको छ ।

ताजा खबर

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *