दर्शकको रोजाईमा पहिलो नम्बरमा अक्षय कुमार

शेयेर गर्नुहोस

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघिसकेको छ । भाइरसका कारण फिल्म हलहरु बन्द छन् । बलिउड फिल्मको सुटिङ पनि रोकिएको छ । कोरोनाकाल पहिल्यै सुटिङ सकिएका केही फिल्महरु डिजटल प्लेटफर्ममार्फत सार्वजनिक हुँदैछन् ।

तर, यो प्लेटफर्म अझै पनि आम भारतीयको सहज पहुँचमा छैन । यी सबैका बाबजुद ताजा सर्वेक्षणअनुसार शाहरुख खान, सलमान खान, आमिर खान र अमिताभ बच्चन चर्चित अभिनेताको सूचीमा शीर्ष १० भित्र छन् । तर नम्बर १ अक्षयकुमार छन् । देशका २४ प्रतिशत जनताले अक्षयलाई नम्बर एक हिरो मान्छन् ।

मिडिया समूह इन्डिया टुडेले गरेको यस र्सेमा देशका १२ हजार जनताको राय लिइएको थियो । यसमध्ये २४ प्रतिशतले अक्षयकुमार तथा २३ प्रतिशतले अमिताभ बच्चनलाई नम्बर एक अभिनेता माने ।

यस सर्वेक्षणमा शाहरुख खान ११ प्रतिशत भोटसहित तेस्रो स्थानमा, सलमान खान १० प्रतिशतसहित चौथो र आमिर खान ६ प्रतिशत भोटसहित पाँचौ स्थानमा छन् ।

अजय देवगन, ऋतिक रोशन र रणविर सिंहले समान ४–४ प्रतिशत भोट पाए ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed