कैलालीमा मध्यराति किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको आरोप, एक जना पक्राउ

शेयेर गर्नुहोस


टीकापुर । कैलालीको गोदावरी नगरपालिका(१० का पदम थापा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। साउन ९ गते राति गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरी श्रीदेवी (नाम परिवर्तन) लाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले साउन १५ गते थापालाई घरबाटै पक्राउ गरिएको जानकारी दिए ।

थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेका थिए । परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाए ।

लक्ष्मीलाई बाइकमा राखेर राति झण्डै १ः३० बजे गोदावरी नगरपालिका१० को मालाखेती जंगलमा पुर्‍याए । थापाले सोही स्थानमा आफ्ना चार जना अन्य साथिहरुलाई समेत बोलाएका थिए ।

थापासहित उनका अन्य साथिहरुले मालाखेती जंगलमा लक्ष्मीलाई सामूहिक बलात्कार गरेपछि पुनः घरमै ल्याएर छोडे। लक्ष्मीले आफूमाथि सामूहिक बलात्कार गर्ने कसैलाई पनि चिनेकी थिइनन् । बलात्कारपछि थापाले पनि फेसबुकबाट ब्लक गरे ।

पीडित किशोरीले प्रहरीमा उजुरी दिएपछि, प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले लक्ष्मीसंग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको एसपी विष्टले बताए ।

थापालाई अहिले मालाखेती प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

ताजा खबर

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

कैलालीको टीकापुर लगायतका ठाउँमा दुर्घटना हुँदा ५ घाइते

देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *