शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुुरबाट फेरी प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
प्रहरीले मलवारालाई दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ६९ हजार ४ सय मुल्य बराबरका बिभिन्न अबैध सामान बरामद गरेको जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय गड्डचौकीले १ लाख २६ हजार ८८१ र प्रहरी चौकि परासनले ४१ हजार ७ सय गरि करिब २ लाख ३७ हजार ९८१ मुल्य बराबरको भन्सार छलीको बिडी, सुरत्, शंख, चिनी,मलखाद, गम्चा, सुट, साडी, कपडा, बेसन र भेष्ट लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ ।