टीकापुरसहित विभिन्न स्थानबाट अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गोदावरी नगरपालिका सहित कैलाली कञ्चनपुरका ७ पालिकाबाट ७ लाख बढीको अवैध सामान बरामद गरिएको छ । शुक्रबार प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ७ लाख २१ हजार ४४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – ३ मिलन चोक, धनगढी उपमहानगरपालिका – १८ थापाघाट, गोदावरी नगरपालिका – ४ भिमदत्त राजमार्ग बनदेबि मन्दिर नजिक, टीकापुर नगरपालिका – ९ ठोसे बजार स्थित भित्री सडक खण्ड र जोशीपुर गाउँपालिका – ३ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ९५ हजार ४६० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जस अन्तरगत प्याज, चिनी, मिश्री, गुड, साबुन, मिठाई, सुर्ती, बिडी, बदाम, ब्लाउज, कुर्ति, सुट, हरियो खुर्सानी, चुरन, अटोका लक, अटोका हरन लगायतका सामानहरु रहेका थिए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – १० भन्सार कार्यालय नजिक, दोधारा चाँदनी नगरपालिका – ४ चाँदनी बजार र बेलौरी नगरपालिका – ६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका ४ लाख २५ हजार ९८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । जसअन्तरगत सुर्ती, सुट कपडा, स्विटर, ज्याकेट, मुक्लर, कुर्ती, रुमाल, थान कपडा, मल, पोटास, कस्मेटिक, किरानाका सामान, मोटरसाइकल लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *