टीकापुर महोत्सव २०८१ सुरु, यहाँको विकासका लागि सबै एक हुनुपर्छः मन्त्री पाण्डे

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८१ सुरु भएको छ । खुला मैदानमा एक भव्य कार्यक्रममा बीच महोत्सव सुरु गरिएको हो ।

टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको सभाध्यक्षमा संघका अध्यक्ष चक्रपाणी सापकोटा रहेका थिए भने प्रमुख अतिथिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे रहेका थिए । उनले कर्णाली नदी सभ्यता र धार्मिक स्थल भएको बताउदै यसको महत्व धेरै भएको बताए । टीकापुर शहरका योजनाकार स्वर्गीय खडक बहादुर सिंहको बयान गर्दै टीकापुरलाई छोडेर बाहिर जान नदिन र बाहिरबाट आउनेलाई आकर्षित कसरी गर्ने भन्ने कुराको परिकल्पना गर्न जरुरी रहेको मन्त्री पाण्डेले बताए ।

उनले केरा खेतीको पकेट क्षेत्र बनाउने व्यवसायीहरुले परिकल्पना गरिरहेको भन्दै यहाँको विकास निर्माणका कुराहरुलाई एक ठाउँमा राखेर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालीहरु विभिन्न संस्कृतिले ओतप्रोत भएको भन्दै टीकापुर आसपासको भेषभुषा, संस्कृति निकै सान्दर्भिक रहेको बताए । मन्त्री पाण्डेले विमानस्थल टीकापुरको विकासको एक तत्व मात्र रहेको भन्दै अब यहाँको विकासको सम्भावनाको खुलेको र यसका लागि सबैलाई एक हुन आग्रह गरे

महोत्सवको उद्घाटनको उपलक्ष्यमा टीकापुरको परिकल्पना गर्ने स्वर्गीय खडक बहादुर सिंहकी सुपुत्री सपना सिंह राणालाई सम्मान गरिएको थियो । उनले कार्यक्रममा टीकापुर चिनाउने र टीकापुरलाई शहर बनाउने टीकापुर उद्यानलाई नमास्न आग्रह गरेकी छन् । आफ्नो बुवाले रातदिन टीकापुरका बारेमा सोच्ने गरेको सम्झना गर्दै यहाँको विकासका लागि सबैलाई एक हुन उनले अनुरोधसमेत गरेकी छन् ।

संघका महासचिव नवराज रिमाल र कलाकार माधवी घर्तीले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष एवं महोत्सव सचिवालयका संयोजक सन्तोष खड्काले स्वागत गरेका थिए । कार्यक्रममा टीकापुर वडा नम्बर ८ का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्ला, संघका पुर्वध्यक्ष नवराज रावल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवर, स्वर्गीय खडक बहादुर सिंहकि सुपुत्री सपना सिंह राणा, टीकापुर नगरपालिकाका पुर्व मेयर तपेन्द्र रावल, वर्तमान मेयर रामलाल डगौरा थारु, सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री रण बहादुर रावल, संघीय सरकारका राज्यमन्त्री अरुण चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed