रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने

शेयेर गर्नुहोस

काठमाण्डौ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।

उहाँविरुद्ध काठमाण्डौमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ अदालतमा उपस्थित हुन लाग्नुभएको हो ।

लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने शर्तमा कास्की अदालतले हिजो रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर लामिछाने हिजो बेलुकी कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको हो ।

लामिछानेसँगै  छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed