श्रीमतीले रकमको प्रलोभनमा आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुल्यो

शेयेर गर्नुहोस

धनगढी । रकमको प्रलोभनमा परेर श्रीमतीले आफ्नै श्रीमानकोे हत्या गरेको रहस्य खुलेको छ । बिमाको रकम हत्याउन श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ का ४९ वर्षिय सियाराम रानालाई उनकै श्रीमतीले हत्या गरेकी हुन । श्रीमानको बिमाको रकम हत्याउनका लागि श्रीमतीले नै सियारामको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमान राना आफ्नै घरभित्र मंसिर १३ मा मृत फेला परेका थिए । त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनक कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले मृतक सियारामकी श्रीमती जनक कुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ ।

मृतक सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिएका हुन।

सोधपुछका क्रममा सियारामकी श्रीमती जनक कुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी जोशीले बताए । त्यसपछि उनलाई पक्राउ गरेर मुुद्दा चलाइएको थियो । जनककुमारीमाथि अनुसन्धान गर्ने क्रममा भारतीय नागरिकसँग मिलेर हत्या गरेको तथ्य फेला परेपछि फारुखलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाइएको हो ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed