जयमष्टा सुदुरपश्चिम ट्राभल्सले बेङ्ग्लोर जान लागेका ६० यात्रुलाई हैदराबादमा अलपत्र पार्यो ,६ दिन सम्म गन्तब्यमा पुगेन यात्रु

शेयेर गर्नुहोस

पवन भण्डारी ,धनगढी । निकै तामझामका साथ संचालनमा आयको जयमष्टा सुदुरपश्चिम टुर एण्ड ट्राभल्सले गन्तब्यमा गएका यात्रुलाई बाटोमा अलपत्र पार्ने गरेको खुलेको छ । ट्राभल्सको महेन्द्रनगर शाखाबाट आईतवार बेङ्ग्लोरका लागि टिकट काटेर हिडेका ६० जना यात्रुलाई ट्राभल्सले हैदराबदमा अलपत्र पारेको छ ।

आफुहरु आईतवार महेन्द्रनगरबाट हिडेको भएपनी गाडी संचालकहरुले गाडी साहुलाई पैसा नदिदा ड्राईभरले ४ दिन देखि हैदराबादको एक होटलमा गाडी रोकेको एक यात्रुले बताए । करिब ६० जना यात्रु र बालबच्चाहरु होटलमा अलपत्र छोडेर संचालक सम्पर्क बिहिन भएको उनले बताए । आफुहरुले भारतिय प्रहरी लाई सहयोग माग्दा समेत प्रहरीले कुनै सहयोग नगरेको उनको भनाई छ ।

खुल्ला आकास मुनिको बसाईले कतिपय यात्रु र बालबालिका बिरामी समेत भएको यात्रुहरुले गुनासो गरेका छन । आईतवार महेन्द्रनगर बाट हिडेका हामी बुधबार सम्म पुग्नुपर्नेमा शुक्रबार सम्म हैदराबादमै रहेको यात्रुहरूको गुनासो छ ।

शुक्रबार बिहान आफुहरुले डिजल भर्न ड्राईभरलाई पैसा उठायर दिएपछी बल्ल गाडी हिडेको बसमा यात्रा गरिरहेका एक यात्रु बताउछ्न । यता जयमष्टा सुदुरपश्चिम टुर एण्ड ट्राभल्स प्रा.लि को महेन्द्रनगर शाखामा सम्पर्क गर्दा समितिका संचालक सम्पर्क हुन सकेन ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed