शेयेर गर्नुहोस
पवन भण्डारी ,धनगढी । निकै तामझामका साथ संचालनमा आयको जयमष्टा सुदुरपश्चिम टुर एण्ड ट्राभल्सले गन्तब्यमा गएका यात्रुलाई बाटोमा अलपत्र पार्ने गरेको खुलेको छ । ट्राभल्सको महेन्द्रनगर शाखाबाट आईतवार बेङ्ग्लोरका लागि टिकट काटेर हिडेका ६० जना यात्रुलाई ट्राभल्सले हैदराबदमा अलपत्र पारेको छ ।
आफुहरु आईतवार महेन्द्रनगरबाट हिडेको भएपनी गाडी संचालकहरुले गाडी साहुलाई पैसा नदिदा ड्राईभरले ४ दिन देखि हैदराबादको एक होटलमा गाडी रोकेको एक यात्रुले बताए । करिब ६० जना यात्रु र बालबच्चाहरु होटलमा अलपत्र छोडेर संचालक सम्पर्क बिहिन भएको उनले बताए । आफुहरुले भारतिय प्रहरी लाई सहयोग माग्दा समेत प्रहरीले कुनै सहयोग नगरेको उनको भनाई छ ।
खुल्ला आकास मुनिको बसाईले कतिपय यात्रु र बालबालिका बिरामी समेत भएको यात्रुहरुले गुनासो गरेका छन । आईतवार महेन्द्रनगर बाट हिडेका हामी बुधबार सम्म पुग्नुपर्नेमा शुक्रबार सम्म हैदराबादमै रहेको यात्रुहरूको गुनासो छ ।
शुक्रबार बिहान आफुहरुले डिजल भर्न ड्राईभरलाई पैसा उठायर दिएपछी बल्ल गाडी हिडेको बसमा यात्रा गरिरहेका एक यात्रु बताउछ्न । यता जयमष्टा सुदुरपश्चिम टुर एण्ड ट्राभल्स प्रा.लि को महेन्द्रनगर शाखामा सम्पर्क गर्दा समितिका संचालक सम्पर्क हुन सकेन ।