महेन्द्रनगरबाट बेङ्ग्लोर हिडेका यात्रु धनगढी पुगे , यात्रु भन्छन संचालकले ठग्यो

शेयेर गर्नुहोस

धनगढी । जयमष्टा सुदुरपश्चिम र गायत्री ट्राभल्सबाट टिकट काटेर धनगढी पुगेका यात्रुहरु धनगढी पुगेर महेन्द्रनगर फिर्ता भएका छन । महेन्द्रनगरमा रहेको ट्राभल्सको साखाबाट बेङ्ग्लोरका लागि टिकट काटेका यात्रुहरु धनगढीबाट फिर्ता भएका हुन । यातायात प्रालिका संचालकहरुले आफुहरुबाट भारु ३५ सय रुपैया टिकट लिएको यात्रुहरु बताउछन ।

महेन्द्रनगरबाट आफुहरुलाई धनगढीकाबाट बस जाने भन्दै ल्याएको तर धनगढीमा समेत बस नमिले पछि आफुहरु अलपत्र परेको गुनासो यात्रुहरुको छ । आफुहरु करिब २० जना यात्रुहरुले बेङ्गलोरका लागि टिकट काटेको भएपनी बस नमिल्दा महेन्द्रनगर फिर्ता हुनु परेको यात्रुहरुले गुनासो गरेका छन ।

आफुहरु महेन्द्रनगर पुगेर प्रहरीमा समितिको बिरुद्ध उजुरी गर्ने यात्रुहरुले बताएका छन । आफुहरुबाट महेन्द्रनगरबाट बेङ्ग्लोरका लागि भारु ३५ सय रुपैया लिएको भए धनगढीमा महेन्द्रनगरका संचालकले आफुहरुलाई गन्तब्यमा नपुर्‍यायको गुनासो यात्रुहरुको छ ।

यो बिषयमा समितिका संचालकलाई टिकटमा भएको नम्बरमा सम्पर्क गर्दा कुनै नम्बरमा सम्पर्क भएन ।

ताजा खबर

ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

amazed