शेयेर गर्नुहोस
टीकापुर । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक बर्ष २०८१÷८२ मा करेण्ट लागेर ३३ जनाको मुत्यु भएको छ भने ५१ जना घाईते भएका छन् । करेन्ट लागेर सवै भन्दा बढी कैलालीमा २१ जनाको मुत्यु भएको छ ।
कैलालीमा ४ पुरुष, १३ महिला र ४ बालकको मुत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै कञ्चनपुरमा ७ जना करेन्ट लागेर मुत्यु भएकोमा ४ पुरष, १ महिला र १ जना बालकको मुत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर मुत्य हुनेमा अछाममा एक महिला र एक पुरुष गरी २ जना, बैतडीमा एक महिला र एक बालक गरी २ जना, बाजुरामा एक जना पुरुषको मुत्यु भएको छ । डोटी, डडेल्धुरा, दार्चुला र वझाङमा यस बर्ष करेण्ट लागेर कसैको पनि मुत्यु नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रदेशमा चालु आर्थिक बर्ष २०८१ साउन देखि २०८२ साउन महिना सम्म ५१ जना घाईते भएका छन् । घाईते हुनेमा भने सवै भन्दा बढी कञ्चनपुरमा ९ पुरुष र ११ महिला गरी २० जना घाइते भएका छन् । त्यस्तै कैलालीमा ८, डोटीमा ४, अछाममा ६, डडेल्धुरामा एक, बैतडीमा ७, दार्चुलामा एक, बाजुरामा एक र बझाङमा भने शुन्य रहेको प्रहरीले जनाको छ ।