असहाय बालबालिका समाज टीकापुरद्वारा मेरी आमालाई सहयोग

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय /
टीकापुर ।
संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज टीकापुर शाखाले बाल परोपकारी संस्था मेरि आमा लाई सहयोग गरेको छ ।
समाजका टीकापुर शाखा अध्यक्ष गणेश शेट्ठीले यस संस्थाको यो पहिलो कार्यक्रम रहेको र यस्तै सहयोगार्थ कामका लागि संस्थाको स्थापना भएको बताउदै मेरि आमा कि सञ्चालिका दिव्या चौधरीले आफ्नै बलमा धेरै बालबालिकालाई पालिरहेकाले आफुले पनि सहयोग गरेको बताए ।
उनले संस्थाको कोहि डोनर नभई अन्य व्यक्ती एवं संस्थाहरुसंग सहयोग संकलन गरेरै मेरि आमा लाई सहयोग गरेको बताउदै यस कार्यक्रममार्फत मेरि आमाका बालबालिकाका लागि शैक्षिक सामाग्री अन्तर्गत कापी, कलम र इरेजर, लत्ताकपडा, जुत्ता, चप्पल साथमा ३ हजार ७५५ रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको जानकारी दिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेले बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए ।
संस्थाले युवाहरुसँगको सहकार्य मा टीकापुरमा यस्तै सहयोगार्थ कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको भएता पनि टीकापुर नगरपालिकामा भने सुचिकृत नभएको बताउदै नगरपालिकामा संस्थाको फाइल पठाएको अध्यक्ष शेट्ठिले बताए ।
यो संस्थाको केन्द्रिय कार्यालय भने काठमाडौंको बालुवाटारमा रहेको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *