संयुक्त नागरिक सहायता कक्ष सञ्चालन

शेयेर गर्नुहोस

धनगढी । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा पर्ने डोकेबजार स्थित नेपाल — भारतको अन्तर्राष्ट्रिय सीमा नाकामा संयुक्त नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । सीमा क्षेत्रबाट ओहोरदोहोर गर्दा आइपर्न सक्ने सम्भावित समस्याहरुको समाधानका लागि संयुक्त नागरिक सहायता कक्ष सञ्चालन गरिएको बताइएको छ ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले मंगलबार उक्त संयुक्त नागरिक सहायता कक्षको औपचारिक उद्घाटन गर्नु भएको हो । दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थितिमा सहायता कक्षको उद्घाटन गरिएको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले जानकारी दिए ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *