कैलालीमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन

शेयेर गर्नुहोस

धनगढी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका दार्चुलाका पुरुषको शव कैलालीमा व्यवस्थापन गरिएको छ ।

उपचारका क्रममा मृत्यु भएका दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको शव ब्यबस्थापन नेपाली सेनाले गरेको हो ।

भवानीदल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमाण्डमा खटिएको टोलीले कैलालीको गोदावरी–४ तेघरीको जंगलमा शव व्यवस्थापन गरेको जनाएको छ ।

चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि उपचारका लागि धनगढी आएका उनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

उनको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *