कैलालीको अमौरीमा कुटपिट हुँदा एकको मृत्यु

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला ।
टीकापुर । कैलालीको जानकी गाउपालिका वडा न ५ अमौरीमा एक समूहले कुटपिट गर्दा एक जना युवकको मृत्यु भएको छ ।
कुटपिटबाट लम्की चुहा नगरपालिका वडा न ३ का वर्ष २२ का भरत तिमिल्सेनाको मृत्यु भएको हो ।
उपचारका क्रममा नेपालगन्ज अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका इन्सपेक्टर अरुण बमले जानकारी दिनु भयो । दोहोरा बिबादमा घाईते भएका तिमिल्सेनाको लम्की स्थित लालरत्न अस्पतालमा उपचार असम्भव भएपछि नेपालगन्ज रेफर गरीएको थियो ।
घटनामा संग्लग्नको आशंकामा स्थानीय मानबहादुर चौधरी, केशव टमट्टा र समर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *