कैलालीको सुखडबाट एक थुनुवा हतकडीसहित फरार

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको सुखड प्रहरीले नियन्त्रणमा लिएका एकजना हतकडी सहित फरार भएका छन ।


इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन्।

जेठ १८ गते झाडापखालाको उपचारपछि अस्पतालबाट फर्कने बेला पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जेठ १४ मा पाण्डेयसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए। दुवैजनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो ।फरार पाण्डेयलाई खोजीगर्न प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed