कैलालीमा सवारी दुर्घटना, १८ वर्षीय किशोर घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा सवारी दुर्घटना भएको छ । टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

प्रदेश प्रमुख कार्यालय अगाडी घरेलु चोक नजिकै से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय अनिल कुवँर घाइते भएका छन् ।

घाइते कुँवरको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed