सरकारी जिपको ठक्करबाट एक घाइते

शेयेर गर्नुहोस

मलवारा खबर

टीकापुर, १७ साउन÷
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका –६ मा बा १ झ ९२५० नम्बरको सरकारी नम्बर प्लेटको जिपले बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते भएका छन ।
मोटरसाईकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
घाइतेको दाया खुट्टामा चोट लागेका उनको स्थानीय अस्पतालमा उपचार भई रहेको छ । जिपका चालक र अन्य सवार व्यक्ति समेत फरार रहेकोले लम्की प्रहरीले जनाएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed