टीकापुरमा कोभिड–१९को खोप केन्द्रको उद्घाटन

शेयेर गर्नुहोस

सुदिप नेपाल ।
टीकापुर / टीकापुर अस्पतालमा बुधबार कोभिड–१९को खोप केन्द्रको उद्घाट्न गरिएको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले खोप केन्द्रको उद्घाटन गर्दै बिश्वमा फैलिरहेको कोभिड १९ ले टीकापुर पनि अछ्तो रहन नसकेका कारण कोभिड १९ को खोप लिन नगरवासिलाई आग्रह गरे ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले कोरोना सँक्रमणले तिब्रता लिई रहेका बेला फ्रन्टलाईन काम गर्ने स्वास्थ्यकर्मि, नगरपालिकाका सवारी चालक, कर्मचारी,कार्यालय सहयोगी लाई पहिलो चरणको खोप लगाईने त्यसपछि दोस्रो चरणको खोपहरु अन्यलाई लगाईने जानकारी दिए ।
टीकापुर अस्पतालमा कार्यरत डा.गौरी रिजाल लाई स्वास्थ्यकर्मी राजकुमार श्रेष्ठद्वारा पहिलो खोप लगाएर टीकापुरमा कोभिड १९ को खोप सुरु गरिएको हो ।

ताजा खबर

आज टीका, लगाउने साइत कतिबेला ?

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

बैतडीमा अष्टमीका दिन ४२४ राँगाको बलि

amazed