भजनीको बाढीमा ज्यान गुमाएका परिवारलाई नगद सहयोग

शेयेर गर्नुहोस

मानबहादुर ठकुल्ला

भजनी १९ साउन । कैलालीको भजनिमा केही दिन अगाडि आएको बाढी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप नगद सहयोग गरिएको छ ।
नेपलिज ब्रदर्स रुम टीकापुर ७ सत्ती सामाजिक संजालको समुहले मृतकका परिवारलाई प्रति परिवार ५ हजारका दरले सहयोग प्रदान गरेको समुहका सदस्य भिम बिकले जानकारी दिनुभयो ।
बाढीमा ज्यान गुमाएका स्केल चौधरी, ईश्वर शाह र चक्र बिकका परिवारलाई नगद सहयोग गरिएकोे हो ।
आफ्ना समुहका सदस्यबाट संकलित भएको रकम आज मृतकका परिवारलाई हस्तान्तरण गरेको अर्का सदस्य मुकेश श्रेष्ठले जानकारी दिनु भयो ।
हिजो आईतबार भजनी नगरपालिकाले पनि मृतक तीनै जनाका परिवारलाई क्रिया खर्च बाफतको २५ हजारका दरले नगद सहयोग गरेको समेत वडा सदस्य कृष्ण राज धमालाले मलवारालाई बताउनुभयो ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed