सेती नदीमा बेपत्ता भएका दुवै स्वास्थ्यकर्मीको शव फेला

शेयेर गर्नुहोस

मलवारा खबर
टीकापुर १९ साउन । सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवैजना स्वास्थ्यकर्मीको शव फेला परेको छ ।
सोमबार बेपत्तामध्ये बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट (एचए) विनय सिंहको पनि शव फेला परेको छ । उनको शव बेपत्ता भएको स्थानबाट करिब १ किलोमिटर तल भेटिएको हो ।
शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा स्थानीयले शव फेला पारेको डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।
‘केहिबेर अघि शव भेटिएको खबर आएको छ । अहिले प्रहरीको टोली त्यहाँ पुगेको छ तर त्यो शव बेपत्ता भएका सिँहकै हो भन्ने पहिचान हुन बाँकी छ ।’ उता डडेल्धुरा अस्पतालका कर्मचारीहरुले भने भेटिएको शव सिँहकै भनेर पुष्टि गरेका छन् ।
यसअघि आइतबार डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको थियो । उनको शव घटनास्थल भन्दा निकै टाढो शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताएका थिए ।
शनिबार डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै डोटीस्थित शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए । मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो ।
बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट (एचए) विनय सिंह बेपत्ता भएका थिए ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *