कैलाली हुलाकी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शेयेर गर्नुहोस

एलवि बुढा
टीकापुर १९ साउन । कैलालीमा साउन १४ गते आएको बाढिले हुलाकि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
बाढीले हुलाकी राजमार्ग कटान गरि पानीको बाहव नघट्दा सडक पुर्णरुपमा अवरुद्ध भएको हो ।
बाढिले भजनी नगरपालिकाको विभिन्न स्थानसंग जोडिएको हुलाकी सडक डुबानमा परि कटान गरेको हो ।
दैनिक टिकापुर लगायतका क्षेत्रबाट मानिसहरु हुलाकी राजमार्ग हुदै धनगढी लगायतका क्षेत्रमा आवत जावत गर्ने गर्दथे । टिकापुर बाट हुलाकि सडक हुदै धनगढि जान छोटो पर्ने भए पनि सडक अवरुद्ध हुदा महेन्द्र राजमार्ग हुदै धनगढी जानू परेको टिकापुरका राम बहादुर चौधरीले बताउनु भयो ।
चौधरीले हुलाकी सडकबाट धनगढी आवत जावत गर्न सहज र छोटो पर्ने भए पनि बध्याताले आफु महेन्द्र राजमार्ग हुदै धनगढी पुगेर आएको बताउनु भयो ।
हुलाकी राजमार्गको कटान गरेको स्थानमा अझै पनि पानीको बहाव कम भएको छैन । तत्काल हुलाकी राजमार्ग सुचारु गर्न स्थानीय सरकारले चासो देखाउन जरुरी छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *